free website hit counter

बीमा गरेको दोस्रो दिन हृदयघातबाट मृत्यु, एलआईसीले दियो दाबी भुक्तानी

beemaadmin
२०७९ जेष्ठ २७, शुक्रबार

काठमाडौं । बीमा गरेको दुई दिनमै ज्यान गुमाएका बीतिका आश्रित परिवारलाई एलआइसी नेपालको लालबन्दी शाखाले बीमा दाबी वापत २ लाख २५ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीले बागमती नगरपालिका ८,सर्लाही निवासी मृतक कपिल कामीको परिवारलाई मुत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको हो। मृतकले ५४ वर्ष हुँदा बीमा गरेका थिए। पहिलो अर्धवार्षिक किस्ता वापत ९ हजार ८२५ रुपैयाँ मात्र भुक्तान गरेर बीमा गरेको २ महिना पछि उनको हृदयघात भई मृत्यु भएको थियो ।

बीमा दाबी वापतको रकम एलआईसी नेपालका जनकपुर प्रदेश प्रमुख सुजित ठाकुर,लालबन्दी शाखाका प्रबन्धक विश्वास दीप श्रेष्ठ,बरहथवा शाखाका प्रबन्धक प्रकाश कार्की अभिकर्ता एजेन्सी म्यानेजर परमेश्वर महतोको उपस्थितीमा मृतकको श्रीमति सावित्री देवी विश्वकर्मालाई हस्तान्तरण गरेको हो ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार