free website hit counter

लघु बीमाको आवश्यकता र महत्व

beemaadmin
२०७९ असार १२, आईतवार

कुनै पनि देशमा बीमाको दायरा शतप्रतिशत पहुँच भएमा नागरिक आर्थिक रुपमा सुरक्षित रहन्छन् । हाम्रो जस्तो विकासोन्मुख देशहरुमा बीमाको महत्व अझै बढी रहन्छ । हाम्रो देशमा स्थापित जीवन तथा निर्जिवन बीमकहरुको संरचना विकसित मुलुकहरुको तुलनामा लघु बीमाको जस्तै छ । नेपालमा जति बीमा कम्पनीहरु छन् त्यसको तुलनामा बीमाको पहुँच कम देखिन्छ । त्यसको प्रमुख कारक तत्व भनेको लघु बीमाको अभ्यास नभएर हो ।
लघु भनेको माइक्रो अर्थात् सानो हो । यसले स–साना बीमालाई समेटेर आर्थिक स्थिति कमजोर भएका घरगाउँसम्म पुग्ने लक्ष्य राख्दछ । यस अन्तर्गत कृषि, पशु, बालि, मसला, पन्छी लगायतका व्यवसायिक उत्पादनमा केन्द्रीत भई जोखिम बहन गर्दछ भने यसलाई स्वास्थ्य र जीवन बीमामा पनि समावेश गर्न सकिन्छ । प्रत्येक प्रदेशका पालिका र वडा तहसम्म यसको पहुँच पु¥याइ छरिएको पुँजीलाई बीमाको दायरामा ल्याउन जरुरी देखिन्छ । सबैको लागि बीमा भन्ने नारा सफल पार्नलाई लघुबीमा अति आवश्यक छ ।
लघु बीमाको क्षेत्रधिकार
लघुबीमालाई जीवन र निर्जिवन व्यवसाय गर्ने अनुमति प्रदान गरिनु पर्दछ । जसले गर्दा कम आय र पुँजी भएका नागरिकहरुको लागि सहज पहुँच पुग्दछ । यसमा नियामक निकायले सचेतपूर्ण रुपले निर्देशन दिनु जरुरी हुन्छ । लघु भनेको सानो हो त्यसले यसलाई जीवन बीमामा बीमाङ्क रकम ५ देखि १० लाखसम्मको बीमा गर्न जीवन बीमा कम्पनीलाई निस्तेज गरी लघुबीमाको अधिकारको क्षेत्रभित्र पारिनु पर्दछ भने निर्जिवन बीमामा पनि ५ देखि १० लाखको बीमा लघुवीमालाई नै दिनुपर्ने प्रबन्ध गर्न जरुरी छ त्यसैगरी स्वास्थ्य बीमामा क्यास लेस र ५ लाख सम्ममा लघुबीमा अन्तर्गत गर्न सकिए बीमाको परिधि बढेर जाने निश्चित प्राय छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार