free website hit counter

सूर्या र ज्योति लाइफबीच मर्जर सम्झौता

beemaadmin
२०७९ असार १३, सोमबार

काठमाडौं । एक आपसमा साथी खोज्ने क्रममा सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सबीच प्रारम्भिक मर्जर सम्बन्धी सम्झौता भएको छ । नियामक निकाय बीमा समितिले चुक्ता पुँजी वृद्धि गर्ने निर्णयसँगै बीमा कम्पनीहरु एकआपसमा गाभिन थालेका हुन् । होटल यक एण्ड यतिमा दुई कम्पनीबीच मर्जरमा जाने सम्झौता पत्रमा हस्ताक्षर भएको हो । मर्जर सम्बन्धी सम्झौता पत्रमा सूर्या लाइफ इन्स्योरेन्सको तर्फबाट अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफको तर्फबाट पनि अध्यक्ष नन्द किशोर शर्माले हस्ताक्षर गरेका हुन् ।
हाल सूर्या लाइफको चुक्ता पूँजी २ अर्ब ४२ करोड रुपैयाँ र ज्योति लाइफको २ अर्ब २० करोड रुपैयाँ रहेको छ । एक बराबर एकको अनुपातमा मर्जर भए मर्जर पश्चत बन्ने कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६२ करोड रूपैयाँ पुग्नेछ । यद्पी दुबै कम्पनीको डिडिए पश्चात मात्रै स्वाप रेसियो कायम हुनेछ । बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीहरूले न्युनतम चुक्ता पूँजी ५ अर्ब रूपैयाँ पुर्याउनु पर्नेछ ।

सम्बन्धित समाचार