free website hit counter

अमेरिकामा महिलाले गरे यौन हड्तालको घोषणा

beemaadmin
२०७९ असार १९, आईतवार

एजेन्सी । आफ्ना माग पूरा गर्न गरिने आन्दोलनको स्वरुप फरक फरक हुने गरेका छन् । अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको संवैधानिक अधिकार खारेज गरेको छ । आफ्नो एउटा निर्णयमा, अदालतले कानुनी रूपमा गर्भपतनलाई स्वीकृत गर्ने ५० वर्ष पुरानो निर्णयलाई उल्ट्यायो। त्यसयता देशका विभिन्न सहरमा प्रदर्शन भइरहेका छन् ।

यो निर्णयपछि सामाजिक सञ्जालमा पनि बहस सुरु भएको छ । धेरै महिलाहरूले गर्भपतनको कानुनी अधिकार जारी राख्नुपर्ने बताउँछन् र उनीहरूले यस विषयमा पुरुषहरूको समर्थन पनि खोजिरहेका छन्। यस विषयमा ट्विटरमा मानिसहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन् । २४ वर्षीया प्राविधिक ब्रायना क्याम्पबेलले न्युयोर्क पोस्टलाई भनिन्– ‘यदि तपाईं पुरुष हुनुहुन्छ र मेरो अधिकारको लागि सडकमा आउनुहुन्न भने, तपाईं मसँग यौनसम्पर्क गर्न योग्य हुनुहुन्न।’ सोही क्रममा २२ वर्षीय कार्यक्रम संयोजक क्यारोलिन हेलीले भनिन्– ‘पुरुषका लागि महिलाको अधिकारभन्दा सेक्स बढी महत्वपूर्ण छ ।’ नयाँ गर्भपतन कानूनको विरोध गर्न म्यानहट्टनको युनियन स्क्वायरमा आएकी एक युवतीले भनिन्( ‘महिलाहरूको गर्भपतन गर्ने संवैधानिक अधिकार खोस्न हुँदैन।’
बलात्कार पीडित माया डेमारी महिलाले “आफ्नो अधिकार फिर्ता पाउनका लागि कानुनी ढाँचाभित्रै रहेर सबै गर्न आवश्यक छ” भनेर जोड दिन्छिन्। डेमारीले भनिन्, ‘बलात्कारपछि गर्भवती हुने महिलारयुवतीको पीडा यहाँ बसेर हामीले कल्पना पनि गर्न सक्दैनौँ । यदि संसारले सधैं महिलालाई यातना दिन सक्छ भन्ने ठान्छ भने त्यो ठीक होइन ।’ अर्की महिलाले भनिन्, ‘हामीले अनावश्यक गर्भधारणको जोखिम लिन सक्दैनौं । यसैले हामी अब कुनै पनि पुरुषसँग यौनसम्पर्क गर्दैनौं, चाहे त्यो हाम्रो पति होस्, जबसम्म हामी आफैं गर्भवती हुन चाहँदैनौं।’
यस सम्बन्धमा ट्विटरमा #SexQmrike मार्फत अभियान चलाइएको छ। ह्यासट्यागमा ५० हजारभन्दा बढी ट्विट भएका छन् । यससँगै ट्विटरमा #Abstinence पनि ट्रेन्ड भयो। यो भनेको यौनसम्पर्क नगर्नु र त्यसबाट पछि हट्नु हो । गर्भपतन कानूनको समर्थनमा एक महिला प्रयोगकर्ताले पुरुषलाई भनिन्– ‘यदि हाम्रो रोजाइ अस्वीकार गरियो भने तपाईको रोजाइलाई पनि अस्वीकार गरिनेछ ।’

राष्ट्रपति जो बाइडेनले पनि सर्वोच्च अदालतको निर्णयको निन्दा गरेका छन्। बाइडेनले यो निर्णयले महिलाको स्वास्थ्य र जीवनलाई जोखिममा पार्ने बताए। उनले गर्भपतनलाई कानुनी मान्यता पाएका राज्यका अधिकारीहरूले गर्भपतनका लागि आउने महिलालाई रोक्ने प्रयास गर्ने बताए ।

सम्बन्धित समाचार