free website hit counter

मलेसियाले माग्यो एकै पटक ३१ हजार कामदार

beemaadmin
२०७६ मंसिर १७, मंगलवार

काठमाडौं । म्यानपावर व्यवसायीको मनोमानीमाथि धावा बोलेका निवर्तमान श्रम तजा रोजगारमन्त्री गोकर्ण विष्टको प्रयास थियो खाडी राष्ट्रमा जाने कामदारलाई फ्रि भिसा, फ्रि टिकट । तर विष्ट अहिले मन्त्रालयको जिम्मेवारी छैनन् । उनको स्थानमा रामेश्वर यादवले श्रम तथा रोजगारमन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै म्यानपावर व्यवसायीहरुले विगतको जस्तो गल्ती नदोहोर्याउन र मिलेर अघि बढ्न आग्रह गरेका थिए ।

व्यवसायीहरुको आग्रहलगत्तै तथा श्रममन्त्रीमा यादव आएसँगै मलेसियाले नेपालसँग झण्डै ३१ हजारभन्दा बढी कामदारको माग गरेको हो । विगत लामो समयदेखि रोकिएको मलेसियाको श्रम बजार खुलेसँगै व्यवसायीहरु उत्साहि भएका छन् । मङ्गलबार क्वालालुम्पुरस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरी विभिन्न पाँचवटा क्षेत्रमा ३१ हजार २ सय १ जना कामदारको मागसम्बन्धी पत्रको प्रमाणीकरण गरेको बताएको छ ।

पहिले मलेसियाको गृह मन्त्रालयबाट मागपत्र स्वीकृत भएपछि मात्रै नेपाली दूतावासमा पुग्ने भएकाले मलेसियाको गृह मन्त्रालयबाट स्वीकृत भएका ३१ हजार २ सय १ जना कामदारको माग प्रमाणीकरण गरी दूतावासले वैदेशिक रोजगार विभागमा पठाएको हो ।

मलेसियाले औद्योगिक क्षेत्रका लागि १७ हजार १ सय १६ जना, सेक्युरिटी गार्डसहितको सेवा क्षेत्रमा १० हजार १ सय ८३ जना, कृषिक्षेत्रमा १ हजार ४ सय ७५ जना, वृक्षारोपणका लागि १ हजार ३ सय ९७ जना र निर्माण क्षेत्रमा १ हजार ३० जना कामदारको माग गरेको हो ।

हेर्नुस् दूतावासको पत्र

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार