free website hit counter

जन्मदिनमा छोरीलाई १० लाखको जीवन बीमा उपहार

beemaadmin
२०७९ श्रावण २३, सोमबार

काठमाण्डौ । कुनै पनि विशेष अवसरमा दिइने उपहार यस्तो होस् जसले जिन्दगीभरि याद गराउनेछ । आजभोलि जन्मदिन, विवाहउत्सव या अन्य यस्तै विशेष उत्सवमा दिइने उपहारको शैली परिवर्तन भएको छ । आफ्ना आफन्तलाई जीवनको जोखिम बहन गर्ने बीमालेख उपहार दिने चलन बढेको छ । छोरीको जन्मदिनको अवसरमा कैलालीकी भौनीदेवी चौधरीले जीवन बीमा गराएकी छन्। गोदावरी नगरपालिका–१ बस्ने भौनीले आफ्नी छोरी रिनाको गुराँस लाइफ इन्सुरेन्स अत्तरिया शाखामा १० लाख रुपैयाँको गुराँस जीवन सावधिक तथा आजीवन बीमा गराएकी हुन्।
फजुल खर्च गर्नुभन्दा पनि छोरीको बचत तथा सुरक्षाका दृष्टिकोणले जीवन बीमा गराएको भौनी चौधरीले बताइन्।उनले फजुल खर्च गर्नुभन्दा पनि जीवनको सुरक्षा तथा बचतको लागि सबैलाई जीवन बीमा गर्न आग्रह गरिन्। गुराँस लाइफ इन्सुरेन्स अत्तरिया शाखाका प्रमुख गजेन्द्रबहादुर भण्डारीले जन्मदिनको शुभकामना दिँदै आउने दिनहरुमा पनि यसरी बचत हुँदै जाने बताए।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार