free website hit counter

स्वास्थ्य बीमा समस्या समाधान कार्यदल गठन

beemaadmin
२०७९ श्रावण २८, शनिबार

काठमाडौं । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको अध्यक्षतामा स्वास्थ्य बीमा समस्या समाधान कार्यदल बनाएको छ। बिहीबार स्वास्थ्य मन्त्रालयमा बसेको मन्त्री स्तरीय बैठकले स्वास्थ्य बीमा समस्या समाधान गर्न स्वास्थ्य राज्यमन्त्री केसीको अध्यक्षतामा ५ सदस्यीय कार्यदल गठन गरेको हो।
जसमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनी, बीमा बोर्डका सदस्य डा सुरेश तिवारी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव र प्रमुख औषधि व्यवस्थापक नारायण ढकाल रहेका छन्। स्वास्थ्य बीमा कार्यक्रममा विभिन्न समस्या तथा चुनौतीहरु बढ्दै गएपछि सरकारले उच्च स्तरीय कार्यदल गठन गरेको जनाएको छ।
उक्त समितिले स्वास्थ्य बीमा कार्यक्रमको अवस्था र चुनौती अध्ययन, विश्लेषण एवं समिक्षा गरी स्वास्थ्य बीमा कार्यक्रममा विद्यामान समस्या समाधानका लागि तीन हप्ताभित्र पष्ठपोषणसहित प्रतिवेदन पेश गर्ने जनाइएको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार