काठमाडौँ । नेको इन्स्योरेन्स कम्पनी ‘नेकोको अभियानः कृषिमा योगदान’ भन्ने नाराका साथ कृषि बीमा योजना लिएर कृषकहरुको घरदैलोमा पुगिरहेको छ । विशेष गरी साना किसानहरु जस्ले सानो खेती, थोरै पशुधनबाट जीविकोपार्जन गरी रहेकाहरुको कुनै दैवीप्रकोप वा रोगरकिराबाट खेती वा पशुुधनको नोक्सानी भएमा क्षतिपूर्ति दिने उद्देश्यले यो अभियान प्रारम्भ गरिएको हो ।
यसै सिलसिलामा कम्पनीले कृषकहरुलाई आधुनिक खेती गर्ने तरिका, वित्तीय सहायता पाउने तरिका, बजारीकरण लगायत ड्रागन फ्रुुट र एलोवेरा खेतीबाट आम्दानी गर्ने तरिका सम्बन्धी जानकारीमूलक कार्यक्रम सिरहा जिल्लाको धनगढीमाई नगरपालिकामा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा औरही गाउँपालिका र सुखीपुर नगरपालिका समेतका करिब २०० जना कृषकहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्का लगायतका विज्ञहरुले सहजीकरण गरेका थिए ।
कार्यक्रमका सहभागीहरुले यस कार्यक्रमबाट खेती गर्ने नयाँ तरिका लगायत आफ्नो मिहेनतबाट आम्दानी गरी आत्मनिर्भर हुन सक्ने सीपको वारेमा जानकारी पाएकोले कार्यक्रम प्रभावकारी रहेको प्रतिकृया दिएका थिए ।