free website hit counter

सातै प्रदेशमा मन्त्रिमण्डल पुनर्गठनको तयारी

beemaadmin
२०७६ मंसिर १९, बिहीबार

काठमाडौं । संघीय सरकारको मन्त्रिमण्डल पुनर्गठन भएको केही समय नबित्तै सातवटै प्रदेशमा त्यसको प्रभाव पर्ने भएको छ । उपनिर्वाचनभन्दा अगाडि नै मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी भएको भए पनि निर्वाचन आचारसंहिता र निर्वाचनमा पार्टीहरुको ध्यान केन्द्रीत भएका कारण पुनर्गठन हुन सकेको थिएन । संघीय सरकारको मन्त्रिमण्डल पुनर्गठन हुने बेलैमा कर्णाली प्रदेश र प्रदेश नं. ५ को मुख्यमन्त्री शंकर पोखरेल परिवर्तन हुने र सो स्थानमा अहिलेका आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउने व्यापक चर्चा चलेको थियो ।

यतिसम्मकी पाँच नम्बर प्रदेशका मुख्यमन्त्रीलाई संघीय प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार बनाउने हल्ला समेत केही मिडियामा आएको थियो । अहिले मुख्यमन्त्री परिवर्तनको सम्भावना तत्काललाई टरेको स्रोतको दाबी छ । मुख्यमन्त्रीलाई यथावत राखेर प्रदेश सरकारको मन्त्रिमण्डल पुनर्गठनको तयारी गरिएको छ । प्रदेश नं. २ बाहेक ६ वटा प्रदेशमा नेकपाको सरकार छ । प्रदेश नं. २ मा राजपा र फोरमले सरकार सञ्चालन गरिरहेका छन् । मन्त्रिमण्डल पुनर्गठन मात्रै होइन अहिले विद्यमान मन्त्रालयहरुसमेत टुक्य्राएर दुई दुई वटा मन्त्रालय थप्ने र नयाँ मन्त्री नियुक्ति गर्ने तयारी भइरहेको छ ।

प्रदेशको मन्त्रालय टुक्याउने प्रयास यसअघि पनि नभएको होइन । तर संघीयता कार्यान्वयनको शुरुआवती र प्रदेश सरकारको पहिलो अभ्यास भएका कारण मन्त्रालय टुक्य्राउँदा त्यसले जनस्तरमा नकारात्मक असर पु¥याउने डरका कारण त्यो सम्भावना तत्कालका लागि टरेको थियो । अहिले प्रदेशमा मुख्यमन्त्रीबाहेक ६ वटा मन्त्रालयले सेवा प्रदान गरिरहेका छन् । केही मन्त्रालयको कार्यक्षेत्र ठूलो भएको हुँदा दुईवटासम्म मन्त्रालय थप गरी कार्यक्षेत्र ठूलो भएका मन्त्रालयलाई टुक्य्राउने तयारी भइरहेको छ । सामाजिक विकास मन्त्रालयको कार्यक्षेत्रलाई घटाएर भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई टुक्य्राएर दुईवटा बनाउने र सामाजिक विकासका केही कार्यक्षेत्र नयाँ मन्त्रालयलाई तोक्ने तयारी छ । त्यस्तै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई लाई दुईवटा बनाउने तयारी भएको छ ।

अहिले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको कार्यक्षेत्र पनि ठूलो छ । त्यसको पनि केही कार्यक्षेत्र घटाउने तयारी भइरहेको बताइन्छ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका कारणले गर्दा मन्त्रालय टुंक्य्राउने र मन्त्रिमण्डल पुनर्गठन गर्ने, केही प्रदेशमा मुख्यमन्त्रीले मन्त्रालयहरु आफूसँगै राखेका कारण ती मन्त्रालयमा पनि नयाँ मन्त्री नियुक्त गर्ने सम्बन्धमा मुख्यमन्त्रीहरुले छलफल गर्न पाएका छैनन् । प्रधानमन्त्री उपचारका लागि विदेश जानुभन्दा अगाडि नै प्रदेश सरकारको मन्त्रिमण्डल पुनर्गठन हुनेबारे छलफल चलिरहेको विश्वस्त स्रोतले बताएको छ । प्रदेश २ ले भने छ वटा प्रदेशमा हुने निर्णयलाई कुरिरहेको छ ।

सुदूरपश्चिम प्रदेशमा मन्त्रिमण्डल पूर्ण छ भने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भौतिक पूर्वाधार मन्त्रालय आफैंसँग राखेका छन् भने प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल आर्थिक मामिला तथा योजना मन्त्रालय आफैंसँग राखेका छन् । त्यसैगरी प्रदेश ३ मा केशव स्थापितलाई बर्खास्त गरेपछि मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्रालय आफैंसँग राखेका छन् । प्रदेश नं. २ ले मन्त्रीहरुमात्रै होइन प्रत्येक मन्त्रालयमा राज्यमन्त्रीले समेत भरिभराउ बनाएको छ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले शक्तिशाली दुई मन्त्रालय भौतिक पूर्वाधार विकास र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय आफैंसँग राखेका छन् ।

एक वर्षसम्म संसदीय समिति गठन गर्न नसकेका मुख्यमन्त्री राईले अहिले भने आफूले राखेका मन्त्रालय र केही मन्त्रीहरुलाई परिवर्तन गरेर नयाँ ल्याउने सोच बनाएका छन् । सातवटै प्रदेशमा मुख्यमन्त्रीबाहेक अहिले विद्यमान मन्त्रीहरुमध्ये धेरैलाई हटाएर नयाँ ल्याउने र केहीलाई निरन्तरता दिने योजना छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार