free website hit counter

एलआईसी नेपाल २२औं वर्षमा

beemaadmin
२०७९ भाद्र १८, शनिबार

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आफ्नो गौरवमय २१ वर्ष पूरा गरी २२औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले यस अवधिमा बीमितलाई उत्कृष्ट तवरले सेवा दिन सफल भएको बताएको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीको कर्पोरेट कार्यालयमा आयोजित कार्यक्रममा इन्स्योरेन्स इन्ष्टिच्युटका अध्यक्ष भोजराज शर्मा उपस्थित थिए ।
एलआईसी नेपालले प्रथम बीमाशुल्क संकलनको आधारमा प्रथम हुने अभिकर्ता पूर्णबहादुर खड्कालाई सम्मान गरेको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओ लक्ष्मीप्रसाद (एलपी) दासले वर्तमान विषम परिस्थितिका बीच पनि आफूहरुले बीमाको माध्यमबाट मानिसको जीवनमा आईपर्ने जोखिममलाई न्यूनीकरण गरी आम नागरिकको बिश्वास जित्न सफल भएको बताए ।

सम्बन्धित समाचार