free website hit counter

विदेश जाने नेपाली विद्यार्थीको बीमा नियम कडा गर्दै राष्ट्र बैंक

beemaadmin
२०७६ मंसिर २०, शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले अध्ययनका लागि विदेश जाने विद्यार्थी र डिपेन्डेन्ट भिसामा जाने परिवारका सदस्यको बिमामा कडा नीति ल्याएको छ । अध्ययनका लागि विदेश जाने विद्यार्थीले विदेशी बीमा कम्पनीसँग बीमा गर्दा नयाँ नियम लागु भएको छ । बीमाबाट जाने रकम धेरै भएको र कमिशन बढी लिएका कारण कडाई गर्नु परेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको परिपत्रमा विदेशमा हुने बीमाका बारेमा सम्बन्धित बीमा कम्पनीको कागजात अनिवार्य गरेको छ । नयाँ नियमअनुसार अब बीदेशी बीमा कम्पनीको नेपालस्थित एजेन्टमार्फत मात्रै बीमा गर्नुपर्ने व्यवस्था छ । सोही अनुसार एजेन्टमार्फत सम्बन्धित बीमा कम्पनीको नाममा भुक्तानी हुने गरी सटही सुविधा प्रदान गर्न सकिने राष्ट्र बैंकको परिपत्रमा जनाइएको छ ।

यो व्यवस्थाअनुसार अब सिधै विदेशी शैक्षिक संस्थामा बीमा शुल्क ट्रान्सफर गर्न पाइँदैन । विदेशका नेपाली एजेन्टमार्फत बीमा गर्दा सस्तो पनि पर्ने र कमिसनको पैसा नेपालमै बस्ने भएकाले यो नीति लागु गरिएको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार