free website hit counter

पौने नौ अर्बको ट्रेजरी बिल बिक्री गरिँदै

beemaadmin
२०७६ भाद्र १६, सोमबार

काठमाडौं । एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ट्रेजरी बिल । नेपाल राष्ट्र बैंकले ९ अर्ब ६५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने प्रक्रिया थालेको छ । बैंकले बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको बताइएको छ।

बैंकले बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमध्ये तीन अर्ब १३ करोड रुपैयाँ ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । उक्त परिमाणको ट्रेजरी बिल आगामी मंसिर १७ गते परिपक्व हुनेछ ।
यस्तै पाँच अर्ब ५२ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भने १८२ दिनमा परिपक्व हुने बताइएको छ । यसअघि बैंकले यही भदौ ९ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।
ट्रेजरी बिलको बोलकबोल प्रत्येक हप्ताको सोमबार हुने गर्दछ भने निष्कासन सोको भोलिपल्ट अर्थात मंगलबार गरिन्छ । यो सरकारले केन्द्रीय बैंकमार्फत जारी गर्ने भएकाले कुनै जोखिम हुँदैन।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार