free website hit counter

अझै बढ्न सक्छ सुन

beemaadmin
२०७९ कार्तिक १, मंगलवार

काठमाडौं । असोज महिनामा एक हजार ५०० रुपैयाँले बढेको सुन अझै उकालो लाग्ने अनुमान गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज १ गते, प्रतितोला ९१ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको सुन असोज ३१ गते सम्म आइपुग्दा प्रतितोला ९३ हजार ३०० रुपैयाँ पुगेको हो । यस महिनामा सुन सबैभन्दा उच्च मूल्यमा असोज २३ गते कारोबार भएको थियो । दशैं पछिको पहिलो कारोबार दिन, सुन प्रतितोला तीन हजार रुपैयाँले महंगिएको थियो । सो दिन, सुन प्रतितोला ९६ हजार रुपैयाँ पुगेको महासंघको तथ्यांकमा देखिन्छ । तर सबैभन्दा सस्तो भने सुन असोज ५ गते रहेको थियो । बुधबार सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा झरेको थियो ।
सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने असोज महिनामा भने सस्तिएको छ । यो महिनामा चाँदी तोलामा २५ रुपैयाँले घटेको छ । असोजको पहिलो दिन चाँदी प्रतितोला एक हजार १८५ रुपैयाँमा खरिदबिक्री भएको थियो । तर असोजको अन्तिम दिन भने चाँदीको मूल्य प्रतितोला एक हजार १६० रुपैयाँ तोकिएको छ । असोज २३ गते, चाँदी सबैभन्दा महंगो भएको थियो । त्यस दिन, चाँदी तोलामा नै ८५ रुपैयाँले बढेर प्रतितोला एक हजार २५५ रुपैयाँसम्म पुगेको थियो । दशैं बिदाका कारण एक साता पछि मूल्य तोकिँदा एकैदिन चाँदीको भाउ बढेको हो । यस महिनामा चाँदी प्रतितोला एक हजार १४५ रुपैयाँ कायम रहेर सर्वाधिक सस्तो भएको महासंघको तथ्यांकमा देखिन्छ ।
अमेरिका र रूसबीचको तनाव बढिरहेमा सुनको भाउ बढ्न सक्ने अनुमान सुनचाँदी व्यवसायीहरूको छ । अमेरिका र रूसको तनावका कारण दशैंको समयमा सुनचाँदीको भाउमा उल्लेख्य वृद्धि देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाई रहेको छ । विश्व बजारमा सुन एकैदिन प्रतिअउन्स १२ डलरले बढ्यो । उता विश्व बजारमा सुन एकैदिन प्रतिअउन्स १२ डलरले बढेको छ । २४ घणटामा सुन प्रतिअउन्स १२ डलरले महंगिएर एक हजार ६५५ डलर पुगेको छ । यद्धपी ३० दिनमा भने सुन प्रतिअउन्स ३१ डलरले गिरावट भएको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार