काठमाडौं । नियामक निकाय बीमा सामितिले बीमा नियमावली बनाउनका लागि कानुन मन्त्रालयका सहसचिव सुशिल कोइरालाको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा बीमा समितिका सुशीलदेव सुवेदी सदस्यको रुपमा रहनेछन् । अर्थमन्त्रालयले नियामावली गठन गरेसँगै बीमा समितिले नियमावलीको मस्यौदा बनाउने तयारीमा लागेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताएका छन् ।