free website hit counter

प्राइम लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०७९ कार्तिक ३, बिहीबार

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले आर्थिक वर्ष २०७७–७८ को लागि हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले ३६ करोड १३ लाख ५० हजार २५ रुपैयाँ बराबरका बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६८ प्रतिशत अर्थात १ करोड ९० लाख १८ हजार ४२२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
कात्तिक २ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ।

सम्बन्धित समाचार