काठमाडौं । स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा करिब साढे ४ अर्ब रुपैयाँ भुक्तानी गरेको छ । बोर्डले पहिलो पटक २ अर्ब ६७ करोड ११ लाख ६४ हजार ७४८ रुपैयाँ, दोस्रो पटक ६६ करोड १ लाख ५५ हजार ६८ रुपैयाँ र तेस्रो पटक १ अर्ब ७ करोड ६ लाख ३० हजार रुपैयाँ गरी ४ अर्ब ४० करोड ९९ हजार रुपैयाँ भुक्तानी गरेको हो । कार्तिक २९ गते बसेको बैठकले सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी रकम पुर्ण तथा आंशिक पेस्कि फर्छौट गर्न दाबी रकम भुक्तानी गरेको हो । बोर्डले तस्रो ३४८ सेवा प्रदायक स्वास्थ्य संस्थाहरुलाई रकम भुक्तानी गरेको जनाएको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बोर्डले २१ अर्ब रूपैयाँ भुक्तानी गरेको थियो । त्यस अनुसार बोर्डले स्वास्थ्य बीमा कार्यक्रम शुरूवात भएदेखि हालसम्म कुल २६ अर्ब ४३ करोड रूपैयाँ भन्दा बढी भुक्तानी गरेको छ । पछिल्लो समय बोर्डले दाबी भुक्तानी नदिएको भन्दै सेवा प्रदायक स्वास्थ्य संस्थाले बीमा सेवा अवरुद्ध गरेका थिए । सेवा अवरुद्ध गर्न थालेपछि बोर्डले धमाधम दाबी भुक्तानी गर्न थालेको हो ।