free website hit counter

बैंक अफ काठमाण्डूले १७ प्रतिशत लाभांश दिने

beemaadmin
२०७६ भाद्र १७, मंगलवार

काठमाडौं । बैंक अफ काठमाण्डूको सञ्चालक समितिको भदौ १५ गते सम्पन्न १३० औं बैठकले ६ प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश गरी कुल १७ प्रतिशत लाभांशको घोषणा गरेको छ ।
गत आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट शेयरधनीलाई गरि १७ प्रतिशत लाभांश घोषणा गरेको हो। बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको २५ औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।
बैंक सञ्चालक समितिको १३० औं बैठकले बैंकको चुक्ता पूँजी ८ अर्ब ६ करोड ३१ लाख ०१ हजार ३३५ रुपैयाँबाट ४८ करोड ३७ लाख ८६ हजार ८० रुपैयाँको बोनस र ८८ करोड ६९ लाख ४१ हजार १४७ रुपैयाँ नगद लाभांश गरि कूल एक अर्ब ३७ करोड ७ लाख २७ हजार २२७ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार