free website hit counter

सामाजिक सुरक्षामा बीमाको भूमिका र महत्व

beemaadmin
२०७९ मंसिर २२, बिहीबार

व्यक्ति व्यक्ति मिलेर समुह बन्छ, समुहहरु मिलेर समाज र राष्ट्र बन्दछ । व्यक्तिका व्यक्तिगत समस्या हुन्छन् भने समाजको सामाजिक समस्या । एउटा उन्नत समाज सामाजिक सुरक्षामा आधारित हुन्छ । सुरक्षा विना प्राप्तिको अर्थ रहँदैन तसर्थ एउटा विकसित समाजजमा सामाजिक सुरक्षाको विषय अहम् बन्छ ।
एउटा व्यक्ति जन्मेदेखि मृत्युसम्मका सम्पूर्ण कार्य एवं कार्म यो समाजमा रहेर गर्छ । उ राम्रो व्यक्ति हुन वा खराब केही हुुनुमा समाजलाई अवश्य असर पर्दछ । सामाजिक सुरक्षा अब्बल भएमा उसको खराब व्यक्ति बन्ने सम्भावना कम रहन्छ यसर्थ २१ औँ शताब्दीको समाज या सामाजिक सुरक्षाको ज्यादै महत्व देखिन्छ ।
सामाजिक सुरक्षाका विषयवस्तु र दायरा त व्यापक छन् तर यसमा बीमाको कमीको बारेमा प्रकाश पार्नु जरुरी छ । शिक्षा, स्वास्थ्य र रोजगारी, गाँस, बास र कपासको प्रत्याभूति गर्न सामाजिक सुरक्षा आवश्यक परे भैmँ दुर्घटना, दैवीप्रकोप, अब त सादा, स्वास्थय, रोजगारी बीमा सम्भव भएको हुँदा विकसित समाजले बीमालाई महत्वपूर्ण आर्थिक उपकरणको रुपमा प्रयोग गरेका छन् भन्ने हो भने विकसित समाज आर्थिक साधन र गतिमा समाजभन्दा सक्षम नै हुन्छ ।
अतः विकसित समाज निर्माणार्थ सामाजिक सुरक्षामा बीमाको महत्वलाई बुझ्न यसका फाईदा उपयोग गर्न र सबले सक्षम एवं उन्नत सुरक्षित समाज निर्माण गर्नु आजको आवश्यकता हो र त्यो आवश्यकता पुरा गर्ने दायित्व र जिम्मेवारी हाम्रो हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार