free website hit counter

कोरोना बीमाको दाबी पुस १८ भित्र गरिसक्नु पर्ने

beemaadmin
२०७९ पुष ४, सोमबार

काठमाडौं । लामो समयदेखि सिंगो बीमा व्यवसायलाई चुनौती बनेको कोरोना बीमाले विस्तारै समाधानको बाटो पाउला कि भन्ने आशा पलाएको छ । नेपाल बीमक संघले कोरोना बीमा दाबीकर्ताहरुलाई कागजात बुझाउन आग्रह गरेको छ । कोरोना बीमा गरी पिसिआर पोजेटिभ भइ कम्पनीहरुमा दाबीका लागि जानकारी गराइ आवश्यक कागजपत्र नबुझाएका दाबीकर्ताहरुलाई कागजात बुझाउन आग्रह गरेको हो । संघले कोरोना बीमा दाबी भुक्तानीका लागि हालसम्म पनि आवश्यक कागजात नबुझाएका बीमितहरुलाई १५ दिनभित्र अर्थात पुस १८ गतेसम्म दाबी गरेका कम्पनीहरुमा सम्पर्क गरी आवश्यक सम्पुर्ण कागजात बुझाउन आग्रह गरेको छ । दाबीकर्ताहरुले आफुले दाबी गरेको आ–आफ्ना बीमा कम्पनीहरुमा सम्पर्क गरी दाबी सम्बन्धी जानकारी लिई आवश्यक कागजातहरु बुझाउन १५ दिने अन्तिम सार्वजनिक सूचना जारी गरेको हो । उक्त अवधि भित्र दाबीसँग सम्बन्भित कागजातहरु नबुझाउने दाबीकर्ताहरुको कोरोना दाबी फायल बन्द गरिने पनि संघले जनाएको छ । निर्जीवन बीमा कम्पनीहरुले मंसिर १३ गतेदेखि कोरोना बीमाको दाबी भुक्तानी सुरु गरेका छन् । कम्पनीहरुले व्यक्तिगत रुपमा बीमाशुल्क तिरेर बीमालेख गर्ने बीमितहरुलाई पहिलो प्राथमिकतामा राखेर धमाधम भुक्तानी गरिरहेका छन् ।

सम्बन्धित समाचार