free website hit counter

खिमाको परिवारलाई मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७९ पुष ११, सोमबार

काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको स्याङ्गजा शाखाले मृतकको परिवारलाई मृत्यु दाबी रकम भुक्तानी गरेको छ । स्याङ्गजा जिल्ला पुतलीबजार नगरपालीका वार्ड नं १ निवासी यस कम्पनीका बीमित खिमा कुमारी सार्कीको यही मिति २०७९ भाद्र १८ गते बिरामी भइ उपचारको क्रममा मृत्यु भएकोले निजको श्रीमान् खिम बहादुर सार्कीलाई पाँच लाख तीस हजार रुपौयाँ हस्तान्तरण गरेको हो । उक्त दाबी रकम स्याङ्गजा शाखाका प्रबन्धक श्री नारायण अधिकारीले हस्तान्तरण गर्नुभएको थियो । मृतक खिमाकुमारी सार्कीले यस कम्पनीमा ५ लाख रकम बराबरको विमाङ्कको रिलायवल समुन्नती जीवन बीमा योजना लिनु भएको थियो । साथै मृतक खिमा कुमारी सार्की प्रस्तावक रहि आफ्नो छोरा सुमित सार्कीको ५ लाख विमाङ्क बराबरको रिलायबल सुलभ बाल जीवन बिमा योजना समेत लिनु भएकोमा सो बापतको मासिक लाभ सुविधा ९ःक्ष्द्य० र विमा शुल्क छुट ९एध्द्य० सुविधा समेत कम्पनीले निजको परिवारलाई हस्तान्तरण तथा उपलब्ध गराएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार