free website hit counter

आइएमई जनरलले बोलायो वार्षिक साधारणसभा

beemaadmin
२०७९ पुष १८, सोमबार

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको आइतबार ९पुस १७ गते० बसेको बैठकले वार्षिक साधारणसभा आउँदो माघ ९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लाजिम्पाटस्थित होटेल लि हिमालयमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजी १ अर्ब ७० करोड १६ लाख ५१ हजार ४२० रुपैयाँको ६ प्रतिशतबराबरको बोनस सेयर पारित गर्नेछ। बोनस सेयर कर प्रयोजनार्थ छुट्याइएको ५३ लाख ७३ हजार ६३६।०६ रुपैयाँबराबरको नगद लाभांश पनि सभाले अनुमोदन गर्नेछ। बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीबमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम बीमा ऐन, २०७९ अनुसार कम्पनीको प्रबन्धपत्र र नियमावलीमा समयसापेक्ष रुपमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका प्रतिवेदन छलफल गरी स्वीकृत गर्नेछ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ ५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार