free website hit counter

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश प्रस्ताव

beemaadmin
२०७९ पुष २८, बिहीबार

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको पुस २६ गते बसेको बैठकले साविकको हिमालयन जनरल इन्योरेन्सको आर्थिक वर्ष २०७८–७९ को नाफाबाट लाभांश प्रस्ताव गरेको हो । कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब २३ करोड ९९ लाख रुपैयाँको २।७५ प्रतिशतले हुन आउने ६ करोड १५ लाख रुपैयाँ बराबरको बोनस शेयर र ०।१४ प्रतिशतले हुन आउने ३२ लाख ४२ हजार रुपैयाँ नगद लाभांश (कर प्रयोजन) प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल बीमा प्राधिकरण्को स्वीकृति पश्चात आगामी २९ औं वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार