free website hit counter

गठबन्धन जोगिने संकेत

beemaadmin
२०७९ फाल्गुन ६, शनिबार

काठमाण्डौ । फूटको संघारमा पुगेको सत्ता गठबन्धनको आकाशमा मडारिरहेको कालोबादल केही फाटेको छ । सत्ता घटकको प्रमुख दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो समय बाक्लिएको भेटघाट र छलफलबाट केही सकारात्मक घटनाक्रम विकास हुने सम्भावना बढेर गएको हो । पछिल्लो समय बिहीबार र शुक्रबार दुवै नेताबीच आगामी राष्टपतिको उम्मेद्वार, सत्ता सहकार्यमा आएका समस्याहरुको समाधान, सरकारको पूर्णता लगायतका विषयमा सकारात्मक कुराहरु हुन थालेका हुन् ।
जारी बाक्ला भेटघाटलाई निरन्तरता दिंदै दुवै अध्यक्षहरु एकअर्कालाई भेट्न दैनिक धाइरहेका छन् । हिजो केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डलाई भेट गर्न पुगेका थिए भने आज प्रचण्ड ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए । आजको भेटघाटपछि सत्ता गठबन्धनमा देखिएको अविश्वासको खाडल केही भए पनि पुरिएको विश्वास गरिएको छ । ओलीलाई भेटेर फर्किदै गरेका प्रधानमन्त्री प्रचण्ड निकै खुशी मुद्रामा पत्रकारहरुसँग प्रस्तुत भएका थिए ।
उनले बालकोटबाट निस्कने क्रममा अहिलेको गठबन्धन नभत्किने र केही दिनमै राष्ट्रपतिबारे सहमति हुने दाबी गरे । प्रधानमन्त्री प्रचण्डले भने, ‘गठबन्धन अहिले जे छ, त्यस्तै रहन्छ । हामी मिलेरै अगाडि बढ्नेछौं । गठबन्धन तत्काल टुट्ने, भत्किने भन्ने कुरै छैन । राष्ट्रपतिको विषयमा पनि हामी छिट्टै सहमतिमा पुग्नेछौं । एमाले, माओवादी केन्द्रसहितको नयाँ गठबन्धन एकाएक बनेर प्रधानमन्त्रीमा प्रचण्ड निर्वाचित हुँदै गर्दा राष्ट्रपति एमालेलाई दिने सहमति भएको थियो । एमाले सोही सहमति कार्यान्वयनमा अडिग देखिएको छ । तर, पछिल्लो समय माओवादीले भने राष्ट्रिय सहमतिमा राष्ट्रपतिको निर्वाचन हुनुपर्ने प्रस्ताव अगाडि बढाइरहेको छ । कांग्रेसले एकाएक प्रचण्डले समर्थन दिएपछि माओवादीको बोली फेरिएसँगै सत्ता गठबन्धनमा अविश्वासको बिजारोपण भएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार