free website hit counter

बालबालिकाका लागि उपयोगी सानिमा बाल श्री जीवन बीमा योजना

beemaadmin
२०७९ फाल्गुन ७, आईतवार

नयाँ नयाँ र जीवन उपयोगी बीमालेख जारी गरेर छोटै समयमा ग्राहकको मन जित्सफल जीवन बीमा कम्पनी सानिमा लाइफको सानिमा बालश्री (सावधिक) जीवन बीमा योजनाका थुप्रै फाइदाहरु रहेका छन् ।
जन्म मिति देखि नै बीमा योजना शुरु गर्न सकिने यस बीमाको अधिक्तम प्रवेश उमेर १० वर्ष तोकिएको छ । न्यूनतम बीमा शुल्क भुक्तानी अवधि १० वर्ष छ भने अधिक्तम बीमा शुल्क भुक्तानी अवधि २० वर्ष कायम गरिएको छ । बीमा प्रस्तावकको अधिक्तम प्रवेश उमेर ६५ वर्ष राखिएको छ भने अधिकतम बीमा समाप्ति उमेर (बीमित) २५ वर्ष तोएिको यस बीमालेखको न्यूनतम बीमाङ्क चास हजार रहेको छ भने अधिक्तम बीमाङ्क रकम पचास लाख रहेको छ । वार्षिक/अर्धवार्षिक/त्रैमासिक बीमा शुल्क भुक्तानी गर्न सकिने यस बीमालेखमा ठूलो बीमाङ्क दुई लाख पचास हजार देखि चार लाख उनान्सय हजार नौ सय उनान्सयसम्ममा प्रतिहजार रु १ छूटको व्यवस्था छ भने पाँच लाख माथिका बीमाङ्क प्रति हजार २ रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।

जोखिम बहन प्रारम्भ हुने मितिः
बीमा प्रारम्भ मितिले (२) दुई वर्ष पुरा भएपछि, बीमाको दोस्रो वार्षिकोत्सव दिवसबाट बीमितको जोखिम बहन गरिनेछ ।
कर्जा तथा सर्मपण मुल्यः
यस बीमा योजना अन्तर्गत पुरा तीन वर्षको बीमा शुल्क भुक्तानी गरिसकेपछि र बीमा प्रारम्भ मितिबाट तीन वर्ष पुरा भए पश्चात समर्पण मुल्यको बढीमा ९० प्रतिशत सम्म नियमानुसार कर्जाप्रदान गर्न सकिनेछ ।

Advertisement
Advertisement

बीमाङ्क रकम भुक्तानी दिने अवस्थाः
क) बीमा समाप्ति मिति सम्म बीमित जीवित रहेमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमाङ्क र नियमानुसारको बोनस एक मुष्ट प्रदान गरिने छ ।
(ख) बीमा प्रारम्भ भएपछि बीमा जोखिम प्रारम्भ नभएको अवस्थामा बीमितको मृत्यु भएमा पुरक करार सुविधाको लागी तिरेको बीमाशुल्क बाहेक सम्पूर्ण बीमाशुल्क रकम फिर्ता गरिने छ ।
(ग) बीमा जोखिम प्रारम्भ भएपछि बीमितको मृत्यु भएमा तत्काल बीमाङ्कको २५ प्रतिशत रकम प्रस्तावकलाई भुक्तानी गरिनेछ साथै बाँकी ७५ प्रतिशत रकम बीमा अवधि समाप्ती भएपछि व्याज र बीमितको मृत्यु हुँदासम्मको अवधिको आर्जित बोनस नियमानुसार भुक्तानी गरिनेछ । उल्लेखित व्याज भुक्तानी गर्दा नेपाल बीमा प्राधिकरणले तोकिदिएको व्याजदर भन्दा एक प्रतिशत न्यून हुने गरि ब्याज प्रदान गरिने छ ।

Advertisement
Advertisement

प्रस्तावकलाई थप ऐच्छिक सुविधाहरू

बीमा शुल्क छुट सुविधा
अतिरिक्त बीमा शुल्क तिरी यो सुविधा लिएमा बिमितको उमेर २० बर्ष नपुगेसम्म बीमा लेख चालु रहेको अवस्थामा बीमा प्रस्तावकको मृत्यु भएमा बाँकी अवधिको पुरक करारमा उल्लेखित बीमाङ्क बमोजिम बीमा शुल्क भुक्तानीमा पूर्ण छुट प्रदान गरिनेछ ।

मासिक आय सुविधा
बीमा प्रस्तावकले मासिक आय सुविधाको लागि छनोट गरेको बीमाङ्कको प्रतिशत अनुसार बीमाशुल्क तिरी मासिक आय सुविधा लिएमा बीमा लेख चालु रहेको अवस्थामा बीमा प्रस्तावकको मृत्यु भएमा बीमितको उमेर २० वर्ष नपुगेसम्म र बीमा अवधि समाप्त नभएसम्मको अवधि मध्ये जुन पहिला आउँछ सो मितिसम्म गरिएको बीमाङ्कको १% प्रतिशत अनुसार हुने रकम मासिक आय सुविधा प्रदान गरिनेछ ।

घातकरोग सुविधा
यस बीमा योजनामा न्यून अतिरिक्त शुल्क तिरी करारमा उल्लेखित रक्षावरण घातक रोग प्रस्तावकका लागि लिन सकिने व्यवस्था गरेको छ, जस अन्तर्गत बीमालेख चालु रहेको अवस्थामा बीमा प्रस्तावकलाई घातक रोग लागेमा बीमालेख तथा करारमा उल्लेख भए बमोजिम बीमाङ्क बराबरको एकमुष्ट रकम प्रस्तावकलाई उपलब्ध गराईनेछ ।

सम्बन्धित समाचार