free website hit counter

सिद्धार्थ प्रिमियरको सञ्चालक समिति गठन

beemaadmin
२०७९ फाल्गुन १८, बिहीबार

कामाठाडैं । साविकको सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच मर्जर भएर आजै देखि एकिकृत कारोबार थालेका सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सञ्चालक समिति गठन भएको छ । सञ्चालक समितको बैठकले नयाँ सञ्चालक समिति गठन गरेको हो । कम्पनी सञ्चालक समितिको अध्यक्षमा सुरेश लाल श्रेष्ठ चयन भएका छन् । श्रेष्ठ साविकको प्रिमियर इन्स्योरेन्सका अध्यक्ष समेत रहेका थिए । यस्तै सञ्चालक समितिमा पवन कुमार अग्रवाल, राजन कृष्ण श्रेष्ठ, राहुल अग्रवाल, वलराम श्रेष्ठ र रामेश्वर प्रसाद बस्याल रहेका छन् । कम्पनीको नयाँ सञ्चालक समितिले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सपथ ग्रहण गराएका हुन् । कम्पनीको आजै बसेको दोस्रो बैठकले सुदर्शन आचार्यलाई कम्पनी सचिवमा नियुक्त समेत गरेको छ ।

सम्बन्धित समाचार