free website hit counter

पुनर्बीमाको पनि पुँजी वृद्धि आवश्यक

beemaadmin
२०७९ चैत्र ४, शनिबार

जीवन तथा निर्जिवन बीमा कम्पनीहरुको पुँजी वृद्धिको निर्णय गरिरहँदा नियामक निकाय बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीको पुँजी वृद्धि आवश्यक देखेन । तर बीमा विज्ञ भोजराज शर्माले भने पुनर्बीमा कम्पनीहरुको पनि पुँजी वृद्धि आवश्यक रहेको बताएका छन् । नेपाल बीमा प्राधिकरणले बीमकहरुलाई पुँजी डेढ गुणाले बढाउनुपर्ने व्यवस्था गरेको बेला पुनर्बीमा कम्पनीलाई पनि पुँजी वृद्धिका लागि नीति बनाउनु पर्ने बताएका छन् । बीमा कम्पनीहरुले स्वदेशको व्यापारसँग सम्वन्ध राख्ने भए पनि पुनर्बीमा कम्पनीले सिधै अन्तर्राष्ट्रिय व्यापारमा केन्द्रित हुनुपर्ने भएकोले पुँजी वृद्धि आवश्यक रहेको बताएका छन् । हाल निजीतर्फको हिमालन पुनर्बीमा कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपियाँ र सरकारी लागानीको नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पुँजी १२ अर्ब २५ करोड रुपियाँ रहेको छ । बीमा क्षेत्रका विज्ञ शर्मा भन्छन्, पुनर्बीमाले सारा जनताको बीमा गराउने कम्पनीको पनि बीमा गर्ने हो । सोहीकारण बीमा कम्पनीलाई भन्दा पुनर्बीमा कम्पनीलाई चुक्ता पुँजी स्वाभाविकरुपमा नै धेरै चाहिन्छ । जति पुँजी धेरै भयो, त्यति धेरै पुनर्बीमा कम्पनी अन्तर्राष्ट्रिय बजारमा बिक्छ । बीमा कम्पनीहरुलाई पुनर्बीमा कम्पनी जस्तो अन्तर्राष्ट्रिय बजारमा बिक्ने भन्दा पनि स्वदेशमा छरिएर रहेका स–साना जोखिम उठाउनुमा धेरै फाइदा हुन्छ । बीमा कम्पनी र पुनर्बीमा कम्पनीलाई तुलना गर्ने हो भने कम्पनीलाई भन्दा पुनर्बीमालाई धेरै जोखिम हुन्छ । जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले आफ्नो रिजर्भ राखेका हुन्छन् । उनीहरुको सबै जोखिम पुनर्बीमा कम्पनीलाई जिम्मा लगाइदिए पुग्छ । तर पुनर्बीमा भनेको अरु कम्पनीको जोखिम लिने भएकाले यो त बलियो हुनैपर्छ । कम्पनी डुब्दा पुनर्बीमाले बचाउँछ । तर, पुनर्बीमा कम्पनी डुब्यो भने जोगाउने अवस्था रहँदैन् । त्यस्तो हुनुमा डुब्न लागेको पुनर्बीमा कम्पनीलाई अरु विदेशी पुनर्बीमा कम्पनीले पनि पत्याउने कुरा हुँदैन । पुनर्बीमालाई आफै जोखिम धेरै छ । उनीहरुले विश्वको जोखिम लिने भएकाले त्यही अनुसारको सुरक्षा चाहिन्छ ।

सम्बन्धित समाचार