free website hit counter

बैंक डुब्दा बीमाको आशा

beemaadmin
२०७९ चैत्र ७, मंगलवार

कुनै पनि चिजको सुनिश्चितता छैन । जीवनको होस् या बैंक तथा वित्तीय संस्था को कतिबेला धरासायी हुन्छ भन्न सकिँदैन । त्यसैले त्यसको जोखिम बीमालाई हस्तान्तरण गर्नु नै बुद्धिमानी हो । बीमाले जीवन दिन नसके पनि राहत दिन सक्छ । सहारा दिन सक्छ । अमेरिका जस्ता विश्व अर्थतन्त्रको बादशाह पुँजीवादी देशका केही बैंक टाट पल्टिए । बैंक टाट पल्टिनु पक्कै पनि राम्रो कुरा होइन । त्यसमा पनि अर्थतन्त्र सबल भएका देशका बैंक तथा वित्तीय संस्था टाट पल्टिँदा अर्थतन्त्र धरमरमा रहेका मुलुकमा झन ठूलो असर पर्दछ । जब प्रतिफल खस्किन थाल्छ तब समस्या पैदा हुन्छ । प्रतिफलको आधारमा लगानी हुन्छ, जहाँ प्रतिफल त्यहाँ बढी लगानी हुन्छ ।
समाजमा बैंक तथा वित्तीय संस्थाको महत्वपूर्ण भूमिका हुन्छ । पुँजी निर्माण र लगानीमा बैंक तथा वित्तीय संस्थाको भूमिका रहन्छ । बैंक तथा वित्तीय संस्था घाटामा जानु नै गलत हो । अझ टाटै पल्टिन ज्यादै दुःखदायी अवस्था हो । यसबाट विश्व अर्थतन्त्र र हामी जस्ता परनिर्भर अर्थतन्त्र भएका मुलुकहरुले पाठ सिक्न जरुरी छ । त्यत्रो ठूलो अर्थतन्त्र भएको मुलुकको बैंकहरु डुब्दा पनि बीमा कम्पनीहरुको अवस्था भने मजबुद नै छ । बचतकर्ताहरु बीमा बापत प्राप्त हुने रकमको आशामा छन् । हुन त बीमा कम्पनीले पनि पूर्ण रुपमा क्षतिपूर्ति गर्न नसक्ला तर आंशिक राहत भने पक्कै दिने छ । यस्ता घटनाले समाजमा बीमाको भूमिका र महत्व अझ बढी उजागर गरेको छ ।

(लेखक बीमा विज्ञ एवं अर्थबीमाका सल्लाहकार हुनुहुन्छ)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार