free website hit counter

नेशनल लाइफको नयाँ बोनरदर सार्वजनिक

beemaadmin
२०७९ चैत्र १९, आईतवार

काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८–७९ को बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको बीमांकिय मूल्यांकनको आधारमा मुनाफामा समित हुने सम्पूणर् बीमालेखहरुका लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो । त्यस अनुसार २०७९ असार मसान्तसम्म जारी भएका मुनाफमा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ । कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ६३ रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँसम्म, सावधिक जीवन बीमा योजनामा प्रति हजार न्यूनतम ६४ रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँसम्म बीमितले बोनस पाउनेछन् । सावधिक तथा आजीवन बीमा योजनामा न्युनतम ६४ रुपैयाँ देखि ८५ रुपैयाँसम्म बोनस पाउनेछन् ।
यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्युनतम ६३ रुपैयाँ देखि ६४ रुपैयाँ सम्म कम्पनीले बीमितलाई बोनस वितरण गर्नेछ ।
उल्लेखित बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूणर् वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार