free website hit counter

हिमालयन बैंकमा बचत खाता खोल्दा १० लाखको बीमा

beemaadmin
२०७९ चैत्र २१, मंगलवार

काठमाडौँ । हिमालयन बैंक लिमिटेड विभिन्न दुईथरीका खाता खोल्दा दिँदै आएको बीमाको रकम वृद्धि गरेको छ । बैंकले नारी बचत खाता र विशेष तलबी खातामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बीमाको सीमा रकम रु। ५ लाख बाट बृद्धि गरी रु। १० लाख बनाएको हो ।
नारी बचत खाता नारीहरुको सम्मान स्वरुप विशेष गरी नारीहरुलाई लक्षित गरिएको योजनाको रुपमा रहेको छ । यस्तै विशेष तलबी खाता कुनै पनि संघ संस्थामा आबद्ध व्यक्तिको नाममा तलब जम्मा गर्ने प्रयोजनले खोलिने तलबी खाताको रुपमा रहेको छ । रु. १० लाख सम्मको दुर्घटना मृत्यु बीमा बाहेक नारी वचत खातामा लकर धरौटीमा ५० प्रतिशत छुट र विभिन्न बैंकिङ्ग सेवाहरुमा २५ प्रतिशतसम्म छुट रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार