free website hit counter

सह–सम्पादक गौतम चारवटा स्वर्ण पदकबाट दीक्षित

beemaadmin
२०७६ मंसिर २९, आईतवार

काठमाडौं । अध्ययन अध्यापन क्षेत्रमा केही समयदेखि क्रियाशील रहँदै आएका गणेश गौतम www.arthabeema.com का सहसम्पादक समेत हुन् । उनलाई पूर्वाञ्चल विश्वविद्यालयद्वारा शनिबार आयोजित दीक्षान्त समारोहमा चारवटा विधामा स्वर्ण पदकबाट दीक्षित भएका छन् ।

सहसम्पादक गौतम विश्वविद्यालय अन्तर्गतको विश्वविद्यालय सर्वोत्तम मानिने विश्वविद्यालय स्वर्ण पदक, विज्ञान तथा प्रविधि शंकायको सर्वोत्तम रामलाल गोल्छा स्वर्ण पदक, आईटी र इन्जिनियरिङ कार्यक्रमको सर्वोत्तम मानिने स्व। डिल्लीबहादुर अधिकारी स्वर्ण पदक र स्नातकोत्तर तह सर्वोत्तम नारायणप्रसाद कोइराला स्वर्ण पदकबाट दीक्षित भएका हुन् । विश्वविद्यालयका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति हुने बताइएको उक्त कार्यक्रम प्रधानमन्त्रीको अस्वस्थताका कारण सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीहरुलाई दीक्षित गरेका थिए ।
यस अवसरमा सहसम्पादक गौतमलाई हार्दिक बधाई ज्ञापन गर्दै www.arthabeema.com परिवार उहाँको आगामी शैक्षिक र प्राज्ञिक यात्रा अझै उचाईमा पुगोस् भन्ने कामना गर्दछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार