free website hit counter

वार्षिकोत्सवमा अवसरमा अस्पतालको सफाई

beemaadmin
२०७६ मंसिर ३०, सोमबार

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो तेश्रो वार्षिकोत्सव कार्यक्रम देशका सातै प्रदेशमा विभिन्न कार्यक्रमको आयोजना गर्यो । कम्पनीले यो वर्ष स्वच्छ वातावरण तथा सरसफाई अभियानलाई प्राथमिकता दिएको छ । कम्पनीले प्रदेश नं. ३ अन्तर्गतको कार्यक्रममा, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगंज, काठमाडौंलाई अस्पताल परिसरमा फोहोर ब्यवस्थापनका लागि फोहर फाल्ने गार्बेज बिनहरु उक्त अस्पतालका नि. निर्देशक, अन्य विभागीय प्रमुख तथा कर्मचारीहरुको उपस्थितिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले हस्तान्तरण गरेका छन् ।
प्रदेश नं. १, २, ३, गण्डकी प्रदेश, ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशहरुमा पनि कम्पनीका विभिन्न शाखा कार्यालयहरुले आ–आफ्नो क्षेत्रका सार्वजनिक उद्यान, पार्क, मठ–मन्दिर, सरकारी बिद्यालय तथा सरकारी अस्पतालको सरसफाई गरी उक्त स्थानहरुमा समेत गार्बेज बिनहरु उपलब्ध गराएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार