free website hit counter

हिमालयन बैंक सम्मानित

beemaadmin
२०८० बैशाख १८, सोमबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंक लिमिटेडलाई सम्मान गरेको छ । राष्ट्र बैंकल आफ्नो ६८औँ वार्षिक उत्सवको अवसरमा वाणिज्य बैंकहरु मध्ये सबै भन्दा बढी विप्रेषण (रेमिट्यान्स) भित्र्याउन सफल भएकोमा हिमालयन बैंकलाई सम्मानित गरेको हो । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणालाई प्रशंसापत्र हस्तान्तरण गरेका छन् । हिमालयन बैंकले आ।व। २०७८–७९ मा देशमा भित्रिएको कूल विप्रेषणको १६.९० प्रतिशत रकम भित्र्याउन सफल भएकोमा सो सम्मान प्राप्त गरेको हो । करिब दुई दशक देखि आफ्नो विप्रेषण सेवा “हिमाल रेमिट” मार्फत ग्राहकहरुलाई समयानुकूल सेवा सुबिधा प्रदान गर्दै आइरहेको छ । बैंकले संसार भरि अवस्थित १२५ भन्दा बढी व्यावसायिक साझेदारको सञ्जाल मार्फत प्रिमियम अनलाइन ग्राहक केन्द्रीत प्रविधिमा आधारित आधुनिक प्रणालीबाट आफ्नो विप्रेषण सेवा संचालन गर्दै आएको छ । हाल बैंकले देश भरि फैलिएका हिमाल रेमिटका १८ हजार भन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत विदेशबाट आप्रवाह भएका विप्रेषणको सरल र सहज रुपमा भुक्तानी गर्दै आएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार