free website hit counter

सानिमा बैंकले गर्यो २१.०५ प्रतिशत लाभांश दिने घोषणा

beemaadmin
२०७६ भाद्र १८, बुधबार

काठमाडौं । सानिमा बैंकले आफ्ना शेयरधनीलाई २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । सञ्चालक समितिको भदौ १६ गते सम्पन्न बैठकले गत आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ११।०५२६ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।
अघिल्लो आर्थिक वर्ष २०७४र०७५ मा बैंकले १४ प्रतिशत नगद प्रतिशत लाभांश वितरण गरेको थियो।

बैंक सञ्चालक समिति बैठकले बैंकको चुक्ता पूँजी ८ अर्ब १२ लाख ५५ हजार ४४० रुपैयाँबाट ८० करोड १ लाख २५ हजार ५४४ रुपैयाँको बोनस र ८८ करोड ४३ लाख ४६ हजार ७५९ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासम्मामा दुई अर्ब २४ करोड १५ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको थियो। यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ४ पैसा रहेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार