free website hit counter

नेशनल लाईफ इन्स्योरेन्सले बोलायो साधारणसभा

beemaadmin
२०८० बैशाख २७, बुधबार

काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा बोलाएको छ। इन्स्योरेन्सले जेठ २२ गते, सोमबार, आफ्नो केन्द्रिय कार्यालय, लाजिम्पाटमा ३५ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ६।५ प्रतिशत नगद लाभांश वितरण गर्ने विषेश प्रस्ताव पारित गर्नेछ। यसका साथै लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले जेठ ११ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार जेठ १० गतेसम्म नेप्सेमा कारोबार भए कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार