free website hit counter

नेपाल लाइफले घटायो बीमालेख धितो कर्जाको व्याजदर

beemaadmin
२०८० जेष्ठ ३, बुधबार

काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले बीमालेख धितो कर्जाको व्याजदर घटाएको छ । कम्पनीले आज जेठ २ गतेदेखि लागु हुने गरी बीमालेख धितो कर्जाको व्याजदर घटाएको हो । कम्पनीले विभिन्न मितिमा जारी गरेका बीमालेखहरुमा बीमालेख धितो कर्जा प्रदान गर्दा ११ प्रतिशत व्याज लिइदै आएको थियो । कम्पनीको उक्त व्याजदरलाई संशोधन गरिएको जनाएको छ । कम्पनीले आजदेखि लागू हुनेगरी बीमालेख धितोमा प्रवाह हुने कर्जामा १० प्रतिशत व्याजदर कायम गरिएको जनाएको छ ।

सम्बन्धित समाचार