free website hit counter

१५ दिनभित्र कर्जा भुक्तानी गर्न अभिकर्ताहरुलाई ताकेता

beemaadmin
२०८० जेष्ठ १०, बुधबार

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले कर्जा भुक्तान गर्न आउन अभिकर्ताहरुलाई ताकेता गरेको छ। कम्पनीले आज एक सूचना प्रकाशित गरी कम्पनीबाट उपभोग गरेको कर्जाको कम्पनीसँग गरेको सम्झौता तथा लिखतबमोजिम समय–समयमा तिर्नुपर्ने बुझाउनुपर्ने साँवा, ब्याज तथा अन्य दस्तुरलगायत नतिरी नबुझाई केही अभिकर्ताहरुले कम्पनीसँग भएको कर्जासम्बन्धी सम्झौताहरु उल्लंघन गरेको जनाएको छ। त्यस्ता सबै अभिकर्तालाई कर्जालगायत कम्पनीको सम्पूर्ण लेना रकम चुक्ता भुक्तानी गर्न पटक–पटक लिखित तथा मौखिक तरताकेता गर्दासमेत कर्जा भुक्तान गर्नतर्फ कुनै चासो नदेखाई बेवास्ता गरेको कम्पनीले जनाएको छ। ती अभिकर्ताहरुको नाममा कर्जा चुक्ता गर्न आउन कम्पनीले १५ दिने सूचना प्रकाशित गरेको छ। यो अवधिभित्र कम्पनीमा सम्पर्क राखी आफूले लिएको कर्जाको सम्पूर्ण साँवा, ब्याज तथा अन्य दस्तुर चुक्ता गर्न पनि कम्पनीले ताकेता गरेको छ।
तोकिएको अवधिमा कर्जा भुक्तान नगरेमा प्रचलित कानुनअनुसार कारबाही गरी लेना रकम असुलउपर गरिनुका साथै कर्जा सूचना केन्द्रको कालो सूचीमा नाम समावेश गर्न सकिेन र फोटोसहितको तीनपुस्ते विवरण पत्रपत्रिकामा प्रकाश गरिने कम्पनीले चेतावनी दिएको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार