free website hit counter

भिमसेन मन्दिर पूनर्निर्माणमा हिमालयन बैंकको सहयोग

beemaadmin
२०७६ पुष २, बुधबार

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हिमालयन बैंकले २०७२ सालको विनासकारी भुकम्पमा क्षतिग्रस्त भएको पाटन दरवार क्षेत्रमा अवस्थित भिमसेन मन्दिरको पुनर्निर्माणको लागि पाँच लाख बराबरको आर्थिक सहायता प्रदान गरेको छ । बैंक संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले पुनर्निर्माण सरोकार समितिका संयोजक कृष्णलाल महर्जनलाई एक समारोहका बीच हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, ललितपुरका प्रतिष्ठित व्यापारीहरु तथा बैंकका संचालकहरु, प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक, सहायक महाप्रबन्धकहरुको उपस्थिति थियो । संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत बैंकले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा पाटन दरवार क्षेत्र तथा कृष्ण मन्दिर पुनर्निर्माण गर्न एक करोड प्रदान गरेको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार