free website hit counter

एलआइसी इन्डियाका अध्यक्ष नेपालमा

beemaadmin
२०८० जेष्ठ २०, शनिबार

काठमाडौं । भारतीय जीवन बीमा निगमका अध्यक्ष सिद्धार्थ मोहंतीले एलआइसी नेपालको केन्द्रिय कार्यालयमा अवलोकन गरेका छन् । एलआइसी इन्डियाका अध्यक्षको यो तीन वर्ष पछिको भ्रमण हो । सधै भर्चुअल माध्यममा मात्रै प्रस्तुत हुने मोहंतीले केन्द्रिय कार्यालयका सम्पुर्ण कर्मचारीहरुलाई संबोधन गरेका छन् । उनले कर्मचारीहरुलाई संबोधन गर्दै एलआइसी नेपालमा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई अन्तर्राष्ट्रिय एक्सपोजन प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले नेपाली कर्मचारीहरुलाई अन्तर्राष्ट्रिय स्तरका तालिम सेमिनारमा सहभागी गराउने विश्वास दिलाएका छन् । उनले भने, एलआइसी नेपालका कर्मचारीको क्षमता अभिबृद्धिका बढाउनका लागि कुनै कसर बाँकी राखिने छैन । अहिलेको समयमा कर्मचारीहरु सूचना मैत्री हुनु पर्यो भन्दै बजारमा प्रतिस्पर्धी भएर अगाडि बढ्न अनुरोध समेत गरेका छन् । एलआइसी नेपालको हरेक गतिविधि ग्राहकमैत्री हुनुपर्नेमा जोड दिएका छन् । बीमा क्षेत्रमा हुने फ्रडलाई रोक्न उनले सबैलाई आग्रह गर्नुका साथै वास्तविक रुपमा बीमा पोलिसी जारी गर्न निर्देशन दिएका छन् । दाबी भुक्तानीका बिसंगतीलाई निर्मुल गर्दै दावी भुक्तानीमा शिघ्रता ल्याई बीमितहरुको भरोसा बृद्धि गर्नु पर्नेमा उनको जोड थियो । उनले केन्द्रिय कार्यालयमा भएको छोटो कार्यक्रममा कर्मचारीहरुको बनोबल बढाउने प्रयास गर्नुका साथै एलआइसी नेपाललाई नयाँ उचाईमा पुर्याउने प्रतिवद्धता जाहेर गरेका छन् ।

अध्यक्ष मोहंती सँगै कम्पनीको सञ्चालक तबलेश पान्डेय पनि उपस्थित भएका थिए । उनको नेपाल बीमा प्राधिकरणमा समेत भ्रमण कार्यक्रम रहेको छ । कार्यक्रममा उपस्थित कर्मचारीहरुले अहिलेको परिस्थितिमा जीवन बीमा पोलिसी बिक्री गर्न धेरै गाह्रो भएको अवगत गराएका थिए । एलआइसीको व्यवसायिक सञ्जाल नेपाल सहित १४ वटा देशमा रहेको छ । एलआइसीका १४ वटा देशहरु मध्ये नेपालले राम्रो व्यवसाय गरिरहेको भन्दै आगामी दिनमा पनि अझै राम्रो व्यवसाय गर्ने विश्वास व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार