free website hit counter

पूर्व सैनिक शासक मुसर्रफलाई मृत्युदण्डको फैसला

beemaadmin
२०७६ पुष २, बुधबार

काठमाडाैं । पूर्वसैनिक शासक जनरल परवेज मुशर्रफलाई पाकिस्तानी अदालतले दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको छ । पाकिस्तानको इतिहासमा पहिलोपटक पूर्वसेनापतिलाई देशद्रोहको मुद्दामा दोषी ठहराउँदै मृत्युदण्ड सुनाइएको हो । अदालतको उक्त निर्णयसँगै पाकिस्तानको सेनाले भने कडा आपत्ति जनाएको बताइएको छ । सेनाका प्रवक्ता मेजर जनरल आसिफ घफुरले एक विज्ञप्ति जारी गर्दै जनरल परवेज मुशर्रफको बिरूद्ध अदालतको फैसलाले सेनालाई स्तब्ध पारेको र यो अत्यन्त दुःखद निर्णय भएको बताएका छन् । मुशर्रफले ४० बर्षसम्म देशको सेवा गरेको बताउँदै देशको रक्षाका लागि लडेको व्यक्ति कहिल्यै पनि देशद्रोही हुन नसक्ने ठहर पनि पाकिस्तानी सेनाले गरेको छ । विशेष अदालतको तीन न्यायाधीश पीठले मृत्युदण्डको फैसला सुनाएको हो । मृत्युदण्डको सजायँ सुनाइएका मुशर्रफ हाल दुबईस्थित अस्पतालमा उपचार गराइरहेका छन् । अदालतको निर्णय आएलगत्तै मुसरर्फले एक भिडियो सन्देशमार्फत् भनेका छन्, अदालतको निर्णय बिल्कुल निराधार छ । हामीले १० बर्षसम्म देश र सेनाको नेतृत्व लियौं । म पाकिस्तानको लागि पनि लडेको थिएँ । यो निर्णयले हामीलाई यातना दिइएको महसुस भएको छ । (बीबीसी)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार