free website hit counter

एलआईसी नेपालका शेयरधनीको हात खाली

beemaadmin
२०८० जेष्ठ २८, आईतवार

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले यो वर्ष लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव जेठ २६ गते साँझ बसेको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल बीमा प्राधिकरणले स्वीकृति दिनुपर्छ भने कम्पनीको वार्षिक साधारण सभाले पारित गर्नुपर्छ । त्यस्तै, कम्पनीले उक्त आर्थिक वर्षको नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका विवरणहरु स्वीकृतिको लागि बीमा प्राधिकरणमा पेश गरेको छ । इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको नाफाबाट भने २१।०५२६ प्रतिशत लाभांश वितरण गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६र७७ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस र बाँकी प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

सम्बन्धित समाचार