free website hit counter

महालक्ष्मी नगरभित्रका ५३ विद्यालयले नयाँ नेतृत्व चयन गर्दै

beemaadmin
२०७६ पुष २, बुधबार

काठमाडौं । प्रदेश नं. १ को धनकुटास्थित महालक्ष्मी नगरपालिकाले नगरपालिकाभित्रको शिक्षा र स्वाथ्य क्षेत्रमा सुधारात्मक कार्यक्रम सञ्चालन गरिरहेको छ । नगरपालिकाले भौतिक विकासका अलावा आफ्नो नगरभित्रका नागरिकलाई स्वस्थ र शिक्षित बनाउन सके नगरको विकासमा योगदान पुग्नसक्ने ठहर गर्दै विद्यालय शिक्षा सुधारका लागि विभिन्न कार्याक्रम सञ्चालन गरेको छ । यसमध्ये विद्यालयको भोतिक पूर्वाधार विस्तारदेखि लिएर विद्यालय शिक्षामा समेत सुधार ल्याउन रचनात्मक कार्यक्रम सञ्चालन गरिरहेको छ । नगरपालिकाको कार्यलयले नगरभित्रका ५३ वटा विद्यालयका व्यवस्थापनको नेतृत्व पुस १५ गतेभित्र चयन गरिसक्न सबै वडा कार्यालयमार्फत् विद्यालयलाई परिपत्र गरिसकेको बताइएको छ । नगरपालिकाका सूचना अधिकारी खगेन्द्र नेपालले विद्यालय व्यवस्थापन समिति नेतृत्वको म्याद यसअघि नै सकिएको भए पनि पुस १५ गतेसम्म नेतृत्व चयन गर्ने गरी पुरानै कार्यसमितिलाई नेतृत्व सम्हाल्न अन्तरिम व्यवस्था गरिएको बताए । विद्यालय व्यवस्थापन समितिको गठन भएपछि विद्यालय सुधारमा परिवर्तन आउने विश्वास नगरपालिकाले लिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार