free website hit counter

रिलायवल नेपाल लाइफले पायो प्रिमियममा आईपीओ निष्काशनको अनुमति

beemaadmin
२०८० असार १६, शनिबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिलायवल अग्रणि जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई असार १५ गते आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । बोर्डले कम्पनीलाई १०० रुपैयाँ अंकित मूल्यमा थप १५७ रुपैयाँ प्रिमियम सहित प्रति कित्ता २५७ रुपैयाँका दरले आईपीओ निष्काशन गर्न अनुमाति दिएको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा थप १५७ रुपैयाँ प्रिमियम सहित प्रति कित्ता २५७ रुपैयाँका दरले दरले २ अर्ब ९८ करोड ८० लाख रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । सर्वसाधारणलाई आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ४ अर्ब पुग्नेछ । आईपीओ निष्काशन पश्चात पनि कम्पनीको न्युनतम चुक्ता पूँजी ५ अर्ब नपुग्ने देखिन्छ । नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार न्युनतम ५ अर्ब रुपैयाँ पूँजी पुर्याउन कम्पनीले बोनश तथा हकप्रद शेयर निष्काशन गर्ने जनाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

सम्बन्धित समाचार