काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा सम्पन्न भएको छ । अमृतभोग कालिकास्थान सम्पन्न सभाले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट लगानीकर्तालाई ४.७५५ बोनस सेयर र कर प्रयोजनका लागि ०.२५५ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित भएको छ । प्रस्तावित बोनस सेयर सरकार र बीमाप्राधिकरणबाट स्वीकृत भई सभाबाट पारित भएको छ । कम्पनीको नियमावली संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिएको छ । सभामा आर्थिक वर्ष २०७८–७९ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल भएको छ । सो प्रस्ताव पारित भएको छ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पारित भएको छ।