free website hit counter

सेञ्चुरीले ल्यायो सेञ्चुरी सेभिङ्ग प्लस एकाउन्ट

beemaadmin
२०७६ पुष ३, बिहीबार

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नयाँ बचत खाता ‘सेञ्चुरी सेभिङ्ग प्लस एकाउन्ट’ को शुभारम्भ गरेको छ । ५० लाख न्यूनतम मौज्दात भएको सो खातामा वार्षिक ६.५ प्रतिशत त्रैमासिक ब्याज भुक्तानी गरिने बताइएको छ । १० लाखसम्मको प्राणघातक रोग, दुर्घटना, दिर्घकालीन अशक्तताको बीमा समेत आइएमई जनरल इन्स्योरेन्सबाट गर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । सो खातावालाहरुले नेपालका अन्य कुनै पनि बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने बताइएको छ । साथै निःशुल्क लकर सेवा, आकर्षक डिजिटल बैंकिङ्ग र कर्जा सुविधामा विशेष छुट समेत मिलाइएको छ । उक्त खाताको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले गरेका हुन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार