free website hit counter

नेको इन्स्योरेन्सको सिइओमा खड्का निरन्तर

beemaadmin
२०८० असार २०, बुधबार

काठमाडौं । वित्तीय र बीमा क्षेत्रका ज्ञाता अशोक खड्कालाई नेको इन्स्योरेन्स कम्पनीले फेरि प्रमुख कार्यकारी अधिकृत (सिइओ)को जिम्मेवारी दिएको छ ।
जोखिम व्यवस्थापनको क्षेत्रमा अनुभवी रहेका खड्काले नेको इन्स्योरेन्सको व्यवसायिक सफलतालाई नयाँ उचाईमा पुर्याएका छन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणले खड्कालाई निरन्तरता दिने सञ्चालक समितिको प्रस्तावलाई स्वीकृति दिएसँगै अर्को एक कार्यकाल नेको इन्स्योरेन्सको नेतृत्व उनले सम्हाल्ने भएका छने ।
कम्पनीलाई नयाँ उचारमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका खण्डकालाई निरन्तरता दिन कम्पनीको सञ्चाकल सकितिले एक महिना अगाडि नै प्रकृयाँ थालेको थियो । खड्का २०७६ साउनमा नेको इन्स्योरेन्सको सिइओमा नियुक्त भएका थिए । नेकोमा आउनु अगाडि खड्का माछापुच्छ्रे बैंकमा थिए । महतो समुहले नेको इन्स्योरेन्सको सेयर खरिद गरेपछि उनी माछापुच्छ्रे छाडेर नेको आएका हुन् । सन् १९९४ बाट बैंकिङ करियर सुरु गरेका खड्का माछापुच्छ्रे बैंक छाडेर नेको इन्स्योरेन्सको व्यवस्थापन परामर्शदातामा नियुक्त भएका थिए । खड्काले सन् १९९४ मा तत्कालिन इन्डोसेज बैंक (हालको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक) बाट करियर सुरु गरेका हुन् । उनी त्यसपछि विभिन्न संस्थामा शाखा प्रबन्धक हुँदै प्राइम कमर्सियल बैंकमा सहायक व्यवस्थापक भएका थिए । प्राइम छाडेर तत्कालिन स्टेन्डर्ड फाइनान्समा नायव महाप्रबन्धक तथा कामु प्रमुख कार्यकारी अधिकृतसमेत भएका थिए। मर्जसँगै उनी माछापुच्छ्रे बैंकको मूख्य व्यवस्थापकमा नियुक्त भएका थिए । व्यवसाय सँगै मुनाफामा पनि उल्लेख्य सुधार गर्न सफल खड्काले कम्पनीलाई मर्जरमा नलगी पूँजी जुटाउने रणनीति बनाएका छन् । रिइन्स्योरेन्समा राम्रो विश्लेषण गर्न सक्ने खड्काले हरेक वर्षमा मुनाफामा अब्बल बनाउन सफल भएका छन् । उनले आफ्नो पहिलो कार्यकालमा बीमा भवन बनाउन सफल भए । बीमा शुल्क आर्जनमा गत आर्थिक वर्ष नेको सबैभन्दा अगाडी थियो । उनि आए पछि कम्पनीले हरेक वित्तीय सूचकमा छलाङ मारेको छ ।

सम्बन्धित समाचार