free website hit counter

अनाथ बालबालिकालाई हिमालयन बैंकको सहयोग

beemaadmin
२०७६ पुष ३, बिहीबार

कावासोती । बैकिङ सेवालाई चुस्त दुरुस्त पार्न मात्र होइन आफ्नो सामाजिक उत्तरदायित्वप्रति पनि उत्तिकै जिम्मेवार देखिएको हिमालयन बैंक लिमिटेड कावासोती शाखाले कावासोती नगरपालिका– ८ स्थित ‘मौलाकालिका अपांग सेवा संस्था’मा आश्रित अनाथ एवं फरक क्षमता भएका वालवालिकाहरुलाई सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थामा आश्रित वालवालिकाहरुलाई सहयोग प्रदान गरेको बैंकले जनाएको ।
बैंकले उक्त अपांग सेवा संस्थाका २१ जना बालबालिकाहरुलाई आवश्यक ग्यास चुलो, खानेपानीको फिल्टर, राईस कुकर तथा खाद्यान्नहरुः चामल, दाल, खाने तेल, नुन, चिनी, चिउरा, विस्कुट तथा साबुन आदि प्रदान गरेको हो । बैंकका तर्फवाट बैंकका कावासोती शाखा प्रबन्धक आत्माराम गौतमले उक्त सहयोग सामग्रीहरु हस्तान्तरण गरेका छन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार