free website hit counter

उत्कृष्ट कारोबार गर्ने एजेन्सी म्यानेजरहरुलाई सम्मान

beemaadmin
२०८० श्रावण १८, बिहीबार

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको नारायणगढ शाखाले आर्थिक वर्ष २०७९/८० मा उत्कृष्ट कारोबार गर्ने एजेन्सी म्यानेजरहरुलाई सम्मान गरेको छ । नारायणी रिजनका रिजनल म्यानेजर ईश्वर विकल सापकोटाको उपस्थितिमा भव्य कार्यक्रमका बिच सम्मान गरिएको हो । कार्यक्रममा सेल्फ कोडमा सर्वाधिक व्यापार गरि प्रथम हुने दिपक टन्डन, दोस्रो हुने रमेश खनाल, तेस्रो हुने सरिता कोईरालालाई शिल्ड एवम् मेडल दिई सम्मान गरिएको कार्यक्रम संयोजक हेमराज रिमालले बताए । कार्यक्रममा टिम बिजनेस तर्फ सर्वाधिक कारोबार गरि प्रथम हुने रमेश खनाल, दोस्रो हुने सरिता कोईराला, तेस्रो हुने दिपक टन्डनलाई सम्मान गरिएको छ । साथै स्टार एजेन्सी बन्न सफल शोभा बस्ताकोटी, सुनिल पौडेल, कृष्ण कुमारी महतो, सिर्जना थापा, शान्ति पौडेल, प्रेम ढकाल, स्मृती ढकाल, मणिलाल कुँवरलाई सम्मान गरिएको कार्यक्रम संयोजक रिमालले बताए । उक्त कार्यक्रममा आर्थिक वर्ष २०७९–८० मा सर्वाधिक कारोबार गर्ने एजेन्सी म्यानेजरहरुलाई रिजनल म्यानेजर ईश्वर विकल सापकोटाले सम्मान गर्नुका साथै उत्प्रेरणात्मक तालिम प्रदान समेत गरेका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार