free website hit counter

साना किसान लघुवित्तले बोलायो साधारण सभा

beemaadmin
२०७६ पुष ४, शुक्रबार

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २६ गते अठारौँ वार्षिक साधारण सभा आयोजना गरेको छ । सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा बिहान ११ बजे शुरु हुने बताइएको छ। सभामा सञ्चालक समितिले प्रस्ताव गरेको २७.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि १.४३ प्रतिशत नगद लाभांश गरी कूल २८.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ। यसका साथै लेखापरीक्षक नियुक्ति, अधिकृत, जारी र चुक्ता पूँजी वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १४ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्नेछ। पुस १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउने सक्नेछन्। लघुवित्तको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
हाल ७८ करोड ६० लाख ३४ हजार ९१० रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको प्रस्तावित बोनस शेयर वितरणपश्चात एक अर्ब एक करोड २९ लाख ५४ हजार ४४३ रुपैयाँ पूँजी कायम हुनेछ। अघिल्लो आर्थिक वर्ष २०७४–७५ मा लघुवित्तले २५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार