free website hit counter

बीमा सचेतना फैलाउन साईकल र्‍याली

beemaadmin
२०८० श्रावण २३, मंगलवार

काठमाडौं । बीमा चेतना अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरु भइरहेका छन् । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले पोखरामा बीमा सचेतना प्रवर्धन प्रयोजनका लागि साईकल र्‍यालीको आयोजना गरेको छ । बीमा सचेतनाका लागि आयोजना गरिएको साईकल र्‍याली कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री सहित नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेशका प्रदेश प्रमुख केशव प्रसाद दाहाल, प्राधिकरणका अन्य कर्मचारी लगायत कम्पनीका विभागिय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीहरु गरी करिब १०० जनाले सहभागिता जनाएका थिए । पोखराको बाराहीघाटबाट शुरु भएको र्‍यालीले हल्लन चोक, जीरो किलोमिटर, सभागृहचोक, चिप्लेढुंगा, बिरौटा, राष्ट्र बैंक चोक हुँदै करिब १० किमिको यात्रा पुरा गर्दै पुनः बाराहीघाटमा र्‍यालीको समापन गरिएको थियो । उक्त साईकल र्‍यालीबाट बीमा सचेतना प्रवद्र्धन हुनेछ भन्ने कम्पनीले अपेक्षा लिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार