free website hit counter

उत्कृष्ट व्यवसाय गर्ने कर्मचारी र शाखालाई नेपाल लाइफले गर्याे सम्मान

beemaadmin
२०८० श्रावण २३, मंगलवार

काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय ‘बिजनेस एक्सिलेनस कन्फिरेन्स’ सम्पन्न भएको छ। चितवनको सौराहामा साउन १५ देखि चलेको कन्फ्रेन्स ‘पराक्रमी गति आक्रामक नीति’ नाराका साथ सम्पन्न भएको हो। उक्त सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिङमा कार्यरत २३० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ। कम्पनीका वरिष्ठ सञ्चालक कमलेश कुमार अग्रवाल, सञ्चालक कृष्ण राज लामिछाने, शक्ति कुमार गोल्यान र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा सम्मेलनको उद्घाटन गरेका थिए। सम्मेलनमा बोल्दै कम्पनीका वरिष्ठ सञ्चालक कमलेश कुमार अग्रवालले कम्पनीले आर्थिक मन्दीको बाबजुद पनि उत्साहजनक व्यवसाय गर्न सफल भएको बताए। अग्रवालले सेल्स टेक्निकका साथ साथै चाहिने कम्युनिकेसन स्किल्स टेक्निकको बारेमा समेत प्रकाश पारेका थिए। सम्मेलनमा बोल्दै संचालक कृष्णराज लामिछानेले सम्पूर्ण कर्मचारीहरुले गत आवमा गरेको योगदानका निम्ति धन्यवाद दिए। हरेक मान्छेले आफ्नो ध्यान दिनुपर्नेमा जोड दिनुपर्ने उनले बताए।

यस्तै, सञ्चालक शक्ति कुमार गोल्यानले कर्मचारीहरुको मनोबललाई उच्च राख्न सञ्चालक समितिले सदैव साथ दिने कुरा बताए। सम्मेलनमा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कर्मचारीहरुलाई गत आवको कार्यसम्पादनको लागि धन्यवाद र चालु आवको व्यापार लक्ष्य पुरा गर्न शुरुबाट नै दत्तचित्त भई कार्य गर्न आव्हान गरे। गएको आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८०-८१ मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराए। हाल कार्यरत प्रादेशिक प्रमुखहरु लगायत प्रधान कार्यालयका विभागीय प्रमुखहरुले सम्मेलनमा आ–आफ्नो प्रतिवेदनहरु प्रस्तुत गरेका थिए। सम्मेलन, कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल र नेशनल सेल्स हेड उमापति पोखरेल लगायत उच्च व्यवस्थापकहरुबाट सबै सहभागीहरुलाई प्रमाण पत्र साथै आर्थिक वर्ष २०७९–८० मा उत्कृष्ट व्यवसाय गर्ने कर्मचारीहरु र शाखा एवं उपशाखाहरुलाई विभिन्न ३७ विधामा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार